राजनीति


प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी र मोदीसँग भेट्ने

प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी र मोदीसँग भेट्ने

फाइल तस्बिर


नेपालखबर
साउन २९, २०८२ बिहिबार ११:१६, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन्।

चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन्।

जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन्।

उनको भ्रमण १४–१८ भदौमा हुने बताइएको छ।

चीनमा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नेछन्। संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

‘अहिले तयारीकै क्रममा छौँ, (त्रिपक्षीय भेटको) अधिक सम्भावना छ,’ भ्रमणको तयारीमा संलग्न स्रोतले नेपालखबरसँग भन्यो।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। यद्यपि, यी दुवै भ्रमणको औपचारिक घोषणा हुन बाँकी नै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad