राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई नेतालाई पदाधिकारीको सूचीबाट हटाएको छ।
निर्वाचन आयोगले बुधबार अद्यावधिक गरेको विवरणअनुसार, रास्वपाले केन्द्रीय कार्यसमितिको विवरणबाट सुमना श्रेष्ठ सहमहामन्त्री र दीपक बोहोरालाई सहकोषाध्यक्षबाट हटाएको छ।
सुमनाले २०८१ चैत १८ मा पदाधिकारीमा नबस्ने भन्दै राजीनामा बुझाएकी थिइन्। त्यस्तै रास्वपाले विधान संशोधन गरेर सहकोषाध्यक्ष एक जना मात्रै रहने व्यवस्था गरेपछि बोहोराको नाम उक्त पदबाट हटाइएको हो।
उनीहरू केन्द्रीय सदस्यमा भने यथावत् छन्।
अब रास्वपाको सहकोषाध्यक्ष बसुमाया तामाङ मात्र छिन् भने सुमनाले छाडेको सहमहामन्त्री पद रिक्त छ। उक्त पदमा को रहने भन्ने विषयमा रास्वपाभित्र विवाद छ।
रविलाई रिझाउन डीपी–कविन्द्रले ल्याएको प्रस्तावले रास्वपामा विवाद
3.6k
Shares

प्रतिक्रिया