राजनीति


कांग्रेस बागमती संसदीय दलको बैठक जारी

कांग्रेस बागमती संसदीय दलको बैठक जारी

फाइल तस्बिर


नेपालखबर
साउन २७, २०८२ मंगलबार १६:५३, हेटौँडा

कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक जारी छ। संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले आजको प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन्।

त्यसअघि दलभित्रको विवाद समाधानका लागि दलको बैठक राखिएको हो।  बागमतीमा यसअघि पनि कांग्रेसकै बहादुरसिंह लामा नेतृत्वको सरकार थियो। 

उनविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव लगेर हटाएर सरकारबाट पनि बानियाँकै नेतृत्वमा हटाइएको हो। लामाले आफ्ना समूहका केही प्रदेशसभालाई मन्त्री बनाउनुपर्ने शर्त राखेका छन्। सोही शर्तअनुसार उनले मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। 

लामा समूहमा १४ जना प्रदेशसभा सदस्य छन्। आज विश्वासको मत नदिने रणनीतिमा रहेको लामा समूह बानियाँसँग निर्णायक छलफलका लागि पुगेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad