राजनीति


भदौ २ र ३ गते हिन्दूकुश हिमालयन सांसदहरूको सम्मेलन, जलवायु परिवर्तनको असरबारे छलफल हुने

भदौ २ र ३ गते हिन्दूकुश हिमालयन सांसदहरूको सम्मेलन, जलवायु परिवर्तनको असरबारे छलफल हुने

नेपालखबर
साउन २६, २०८२ सोमबार १७:९, काठमाडौँ

जलवायु परिवर्तन, जैविक विविधताको ह्रास र वायु प्रदुषण लगायतका जलवायुसम्बन्धी मुद्दामा नेपालको साझा धारणा हुनुपर्नेमा जोड दिइएको छ।

सोमबार सिंहदरबारमा बसेको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिमा भएको हिन्दूकुश हिमालयन सांसदहरुको सम्मेलन सम्बन्धी छलफलमा सहभागीहरुले यसबारे जोड दिएका हुन्।

भदौ २ र ३ गते हुने हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलनमा यी देशहरुमा जलवायु परिवर्तनले पारेको असर, वातावरण प्रदूषण र जैविक विविधताका विषयमा छलफल हुनेछ। सोही सन्दर्भमा समितिले सरोकारवाहरूसँग छलफल गरेको थियो।

छलफलमा समिति सदस्य एवं जनता समाजवादी पार्टीका सांसद वीरेन्द्रप्रसाद महतोले जलवायु परिवर्तन र यसका असरका बारेमा विश्व समुदायमा नेपालले उठाउने आवाज एउटै हुनुपर्नेमा जोड दिए। कोप, हिन्दूकुश हिमालयन सांसदहरूको सम्मेलन या अन्य यससम्बन्धी सभा सम्मेलनमा नेपालले दह्रोसँग आफ्ना मुद्दाहरू उठाउन सक्नुपर्ने उनको भनाई छ।

उनले नेपालले हालसम्म पनि कार्वन उत्सर्जन सम्बन्धी ऐन कानुन बनाउन नसकेको बताए। अरु देशले कार्वन उत्सर्जनबाट पैसा पाइरहेको भएपनि नेपालले उचित रकम पाउन नसकेको बताए।

उनले भने, ‘हरेक देशले त कार्बनबाट त पैसा पाइरहेको छ। हामी त्यसमा कुरो चाहिँ धेरै गर्छौं। तर अहिलेसम्म पनि यसको टेक्नीकल्ली या यसलाई कसरी हामीले कार्बन उत्सर्जन बाहेक हामीले पाउनुपर्ने एउटा रकमहरू छ त्यो हामीले पाउन सकेका छैनौँ। त्यसैले कुनै पनि किसिमको ऐन कानुन नियम हुनुपर्ने आफ्नो आफ्नो हिसावले भएका चाहिँ छन् तर सरकारले चाहिँ एक किसिमको ठोस ऐन कानुन नियम चाहिँ यसमा ल्याउन सकेको छैन।’

छलफलमा नेपाल कम्युष्टि पार्टी (एमाले)की सांसद सरस्वती सुब्बाले हिमाल जोगाउन विशेष ध्यान दिनुपर्ने बताइन्। हिमाल नजोगाएसम्म तराईको केही पनि नजोगिने उनको भनाई छ। यस्तै उनले पनि जलवायु सम्बन्धी मुद्दामा नेपालले साझा धाराण बनाउनुपर्नेमा जोड दिए। छलफलमा सांसद सुब्बाले अब जलवायु सम्बन्धी मुद्धाहरु राजनितिक मुद्धा भएको बताइन्।

साना देशहरुले कोप लगायतका विश्व सम्मलेनमा आफ्ना कुरा राख्न नसक्ने र शक्तिशाली राष्ट्रहरुले धेरै राख्ने हुँदा उनीहरुको कुराको मात्रै सम्बोधन हुने गरेको बताए। यसलाई नेपालका राजनितिक दलहरुले पनि छलफलको विषय बनाउनुपर्नेमा उनको जोड छ।

उनले भनिन्, ‘नेपालको सन्दर्भमा खासगरि हामीले हिन्दकुश हिमालय सांसादहरुको जुुन सम्मेलनको जुन कुरा गरिरहेका छौँ। हाम्रो भाषा एउटै चाहिन्छ। हामी के गर्दैछौँ त हिमाल जोगाउन किनभने हिउँ नजोगाएसम्म यो तराईको केही पनि नजोगिने भयो।’

सांसद नेकपा एमालेकी सांसद बिजुला रायमाझीले हिन्दुकुश हिमालयन सांसदहरुको सम्मेलनमा काठमाडौ घोषणापत्र जारी गर्नुपर्ने बताइन्। जलवायुसम्बन्धी काठमाडौ घोषणा पत्र जारी गर्नुपर्ने उनको माग छ।

काठमाडौं घोषणा पत्रमा नेपाल कसरी अगाडी जाने, हिमकुश क्षेत्रका राष्ट्रहरु बीचमा कसरी समन्वय गर्ने भन्ने बारेमा उल्लेख गर्नुपर्ने उनको सुझाव छ।

उनले भनिन्, ‘काठमाडौँमा भएको हिन्दूकुश हिमालयन देशहरुको मिट भएको हुनाले तीनबुँदे, पाँच बुँदे, सात बुँदे, यो जुन तीन वटा विशेष विषय कोड गरिएको छ, ती विषय अन्तर्गत रहेर पाँच बुँदे या सात बुँदे केही काठमाडौं घोषणा पत्र तयार गर्नैपर्छ।’ 

समितिको बैठकमा जलवायुविज्ञ भूषण तुलाधरले नेपालको तराई क्षेत्रमा हुने वायु प्रदुषण दुई तिहाई भन्दा धेरै भारतबाट आउने गरेको बताए। विश्व बैंकका रिपोर्टले पनि उक्त कुरा भनेको उनको भनाई छ। उनले यस क्षेत्रले प्रदुषण शेयर गरेजस्तै यसको समाधान पनि शेयर गर्नुपर्नेमा जोड दिए।  

उनले भने, ‘यस क्षेत्रमा हामी पोलुसन शेयर गर्छौं सोलुसन पनि शेयर गरौँ। तराईमा जतिपनि हावा प्रदुषण हुन्छ, त्यसको करिवकरिव दुई तिहाई चाहिँ पारी(भारत) बाट आउँछ भनेर विश्व बैंकको रिपोर्टले देखाएको थियो। हामीले मात्रै प्रदुषण कम गरेर हुँदैन तर हामीले पनि गर्नुपर्ने चाहिँ छ।’

उनले यस क्षेत्रको प्रदुषणको स्रोत र समाधान एउटै भएको बताए। यहाँको आर्थिक, सामाजिक अवस्था पनि मिल्दोजुल्दो रहेकोले प्रदुषण नियन्त्रणका लागि भारतमा विकास भएका प्रविधध, नीति, कानूनलाई नेपालले पनि अवलम्वन गर्न सक्ने उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad