कारोबार


हुन्डाई नेपाल : प्रगतिको अग्रिम सोच  र सफलताका सपना

हुन्डाई नेपाल : प्रगतिको अग्रिम सोच  र सफलताका सपना

नेपालखबर
साउन २५, २०८२ आइतबार १८:४१, काठमाडौँ

फेब्रुअरी २००९ देखि नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरकको रूपमा कार्यरत लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नवीनता र ग्राहक सन्तुष्टिप्रति अडिग प्रतिबद्धतासँग एक बलियो र सम्मानित धरोहर निर्माण गरेको छ।

हुन्डाई नेपालले सुरुवातमा एक विश्वासनीय आयातकको रूपमा आफ्नो यात्रा आरम्भ गरेको थियो र अब यो घर–घरमा चिनिने नाम बनिसकेको छ। विगतका वर्षहरूमा यसले स्यान्ट्रो, ग्रान्ड आई१० नियस, आई२०, औरा, भेन्यु, भेरना, क्रेटा, टक्सन, सान्टा फि र प्यालिसेड जस्ता लोकप्रिय मोडेलहरू बजारमा ल्याएको छ। 

यसका साथै आयोनिक ५ इलेक्ट्रिक, कोना इलेक्ट्रिक र क्रेटा इलेक्ट्रिक जस्ता आधुनिक विद्युतीय सवारीसाधनहरू पनि उपलब्ध छन्, जसले भरपर्दोपन, इन्धन बचत र स्थायित्वका लागि परिचित बनाएका छन् ।

ग्राहकलाई उच्च प्राथमिकता दिँदै, कम्पनीले आधुनिक र पूर्ण सुविधा सम्पन्न शोरूम, अत्याधुनिक सर्भिस सुविधा, र ललितपुरस्थित नेपालको पहिलो हुन्डाई ट्रेनिङ एकेडेमीमा तालिमप्राप्त प्रमाणित प्राविधिकहरूको बलियो संयन्त्र सञ्चालनमा ल्याएको छ। यसले बिक्री पश्चात सेवालाई अझ सहज, भरपर्दो र दीर्घकालसम्म सन्तोषजनक बनाएको छ ।

२८ गते वैशाख २०८१ सालमा लक्ष्मी मोटर कर्पोरेसन, लक्ष्मी ग्रुपको सहायक कम्पनीले रामग्राम, परासीमा नेपालको पहिलो कार असेंबली प्लान्टको उद्घाटन गरी नेपालमा उत्पादन गरिएका हुन्डाई सवारीसाधनहरूको युगको सुरुवात गरेको हो।

भेन्यु मोडेलसँग उत्पादन सुरू भएको थियो। पछि क्रेटा मोडेलको उत्पादन पनि सुरू गरिएको छ। भविष्यमा थप मोडेलहरूको उत्पादन गर्ने योजना रहेको कम्पनीले जनाएको छ।

यस उपलब्धिले नेपालका अटोमोटिभ उद्योगमा नयाँ युगको सुरुवात गर्दै, स्थानिय निर्माण र राष्ट्रिय गर्वको प्रवर्द्धन गरेको छ। यस सफलता र गतिबाट, हुन्डाईले नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ मा अभूतपूर्व ग्राहक प्रतिक्रिया प्राप्त गर्‍यो, जसले यसलाई नेपालका एक विश्वासनीय र सम्मानित ब्राण्डको रूपमा अझ मजबुत बनाएको छ।

सन् २००९ मा विश्वसनीय आयातकर्ताको रूपमा सुरु भएको हुन्डाई नेपालको यात्रा आजको मेड इन नेपाल उपलब्धिसम्म, दृष्टि, दृढता र ग्राहक सन्तुष्टिप्रतिको अटुट प्रतिबद्धताको प्रतिक हो। भविष्यतर्फ अघि बढ्दै, हुन्डाई नेपाल जीवनलाई समृद्ध बनाउने र नेपालको अटोमोबाइल उद्योगलाई नयाँ उचाइमा पुर्‍याउने उत्कृष्ट मोबिलिटी समाधानहरू उपलब्ध गराउने लक्ष्यमा दृढ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad