राजनीति


भूमि विधेयकमा जग्गाको स्वामित्व नपाउँदै डीपीआर बुझाउनुपर्ने व्यवस्थाप्रति सांसद बलायरको आपत्ति

भूमि विधेयकमा जग्गाको स्वामित्व नपाउँदै डीपीआर बुझाउनुपर्ने व्यवस्थाप्रति सांसद बलायरको आपत्ति

नेपालखबर
साउन २५, २०८२ आइतबार १७:१५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले भूमिसम्बन्धी विधेयकको भाषा अस्पष्ट भएको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आईतवारको विधेयकमाथिको दफावार छलफलमा बोल्दै सांसद बलायरले यस्तो बताएका हुन्। उनले विधेयकका कतिपय प्रावधानमा घुमाउरो भाषा रहेको भन्दै  सबैले बुझ्ने गरी स्पष्ट र सरल भाषामा लेख्न जरुरी रहेको बताए।

उनले विधेयकको भाषामा स्पष्टता नहुँदा कानुनी दुविधा उत्पन्न हुने चिन्ता व्यक्त गरे। उनले घरजग्गा व्यवसायीले हदबन्दीभन्दा बढी जग्गा लिन पाउने र जग्गा नपाइकनै डिजाइन तथा निर्माण योजना र पर्यावरणीय प्रभाव मूल्याङ्कन बुझाउनुपर्ने प्रावधान स्पष्ट नरहेको भन्दै आपत्ति जनाए।

उनले जग्गाको स्वामित्व पाएपछि मात्रै  डीपीआर तयार गर्नेगरी भाषागत सुधार गर्न माग गरे। 

उनले भने, ‘सबैले थाहा पायो भने थाहा हुन्छ भनेर हो कि यो क्लियर भाषामा नआउने। अलिअलि अड्काइराख्नुपर्ने, अलि अलि तन्काइराख्नुपर्ने यो भएन। अब त दुविधायुक्त कुनैपनि कानुनले चाहिँ काम गर्दैन। स्पष्ट भाषा हुन जरुरी छ। मैले नबुझेको कुरा चाहिँ के छ भने यो हदबन्दीभन्दा बढी जग्गा लिनुपर्ने अनि उसले स्वामित्व नपाउँदै डीपीआर र ईआइए बुझाउने? जग्गा उसको स्वामित्व आएपछि पो डीपीआर होला नि। यो अस्पष्ट भयो। यसलाई सबैले थाहा पाउनेगरी आउनुपर्यो। त्यसकारण यसमा भाषा मिलाउन आवश्यक छ।’

घुमाउरो भाषाका कारण भविष्यमा कानूनको दुरुपयोग हुनसक्नेतर्फ उहाँले सरकारको ध्यानाकर्षण गराए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad