राजनीति


लैङ्गिक संवेदनशीलताको मुद्दा दल विशेषको मात्रै होइनः सभापति देउवा

लैङ्गिक संवेदनशीलताको मुद्दा दल विशेषको मात्रै होइनः सभापति देउवा

नेपालखबर
साउन २५, २०८२ आइतबार १५:३५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन्।  

आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताएका हुन्।   

उनले लैङ्गिक संवेदनशीलताको विषय समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय भएको पनि बताए।

‘लैङ्गिक संवेदनशीलता कुनै विशेष दलको मात्रै होइन। यो समग्र सामाजिक रुपान्तरणको एक महत्वपूर्ण विषय पनि हो,' उनले भने, 'हामी सबै यो विषयमा संवेदनशील बन्ने हो भने मात्र सम्मानित, सुरक्षित र समावेशी समाज निर्माण गर्न सकिन्छ।' 

लोकतान्त्रिक समाजवादसँग आवद्ध दलहरू, राजनीतिज्ञहरू, सामाजिक आन्दोलनकाबीच समन्वय र सहकार्यको माध्यमबाट प्रभावशाली वैकल्पिक राजनीतिक धारको निर्माण गर्न सकिने उनको भनाइ छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad