राजनीति


माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र समाजवादीका महासचिव भुसालबीच एक घण्टा छलफल

माओवादी वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र समाजवादीका महासचिव भुसालबीच एक घण्टा छलफल

नेपालखबर
साउन २३, २०८२ शुक्रबार १६:६, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालबीच भेटवार्ता भएको छ।

श्रेष्ठको हात्तीवनस्थित निवासमा करिब एक घण्टा चलेको उक्त भेटमा नेपालको वर्तमान राजनीतिक परिस्थिति र कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूको कार्यभारबारे गम्भीर छलफल भएको श्रेष्ठले जानकारी दिए।

भेटमा नेपालका विभिन्न राजनीतिक दलहरूको वर्तमान अवस्था र भूमिका, ओली नेतृत्वको सरकारका निरङ्कुश तथा भ्रष्ट गतिविधि, साथै कम्युनिष्ट आन्दोलनको रुपान्तरण र पुनर्गठनका विषयमा विचार–विमर्श भएको छ।

यससँगै नेकपा (माओवादी केन्द्र) ले हालै पारित गरेको पार्टी एकताको प्रस्तावको बारेमा र पार्टी एकताको औचित्य र सम्भावनाबारे पनि दुवै नेताबीच विस्तृत कुराकानी भएको छ।

यसअघि, श्रावण २१ गते, वरिष्ठ उपाध्यक्ष श्रेष्ठ र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’बीच पनि भेटवार्ता भएको थियो। त्यस भेटवार्तामा पनि समसामयिक राजनीतिक परिस्थिति, कम्युनिष्ट आन्दोलनको दिशा र पार्टी एकताबारे छलफल भएको उनीहरूले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad