राजनीति


विद्यार्थीलाई छात्रवृत्ति र आवास व्यवस्था गरौँ भन्दा सुमनामाथि खनिए घिमिरे

विद्यार्थीलाई छात्रवृत्ति र आवास व्यवस्था गरौँ भन्दा सुमनामाथि खनिए घिमिरे

नेपालखबर
साउन २२, २०८२ बिहिबार १९:४३, काठमाडौँ

प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा नेपाली कांग्रेसका सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदबीच चर्काचर्की भएको छ। 

निजी विद्यालय र छात्रवृत्तिको विषयलाई लिएर कांग्रेस प्रमुख सचेतकसमेत रहेका श्यामकुमार घिमिरे र रास्वपा सांसद सुमना श्रेष्ठबीच चर्काचर्की भएको हो। 

बैठकमा सुमनाले भनेकी थिइन्- राज्य जो कमजोर वर्ग छ, त्यही वर्गका लागि हो। गरिब, जेहेन्दार विद्यार्थीको छात्रवृत्तिअन्तर्गत आवासको पनि व्यवस्था गर्नैपर्छ। संविधानमा लेखिएको कुरा ऐनमा पनि व्यवस्था गरिनुपर्छ। होइन भने संविधान च्यातिदिऊँ।
 
लगत्तै घिमिरेले भने- आवासको व्यवस्था अव्यावहारिक छ। विदेशी मुलुकमा पनि विद्यालयले राज्यको भार लिएबापत अनुदान दिन्छन्, तर नेपालमा त्यो अभ्यास छैन। क्यामेरा देखेपछि जे पनि बोल्ने? खालि स्टन्टमात्रै गर्ने?

त्यसपछि सुमना- दोहोरी खेल्ने? मैले नाम लिएको छु?

बैठकमा तनावग्रस्त अवस्था भइसकेपछि कांग्रेसकै सांसद चन्द्र भण्डारीले कम्तीमा १ प्रतिशत आवासीय छात्रवृत्ति व्यवस्था राख्नुपर्ने भन्दै भने, 'गरिबको घरमा आइन्स्टाइन जन्मिन सक्छ। समाजमा यति जेन्युन विद्यार्थी हुन्छन्। ती विद्यार्थीहरूलाई सुविधा दिनुपर्छ। आवासीय दिने भनेर छलफल पो गर्ने हो। हामीले १ प्रतिशत आवासीय दिऊँ। समाजमा नयाँ केही त सुरुवात गरौँ।'

विवाद चर्किँदै जान थालेपछि समिति सभापति अम्मरबहादुर थापाले हस्तक्षेप गर्दै चुप लाग्न भने। उनले यसो भनिरहँदा घिमिरेलाई शिक्षामन्त्री रघुजी पन्तले चुप बस्न पटकपटक आग्रह गरेका थिए। 

सभापति थापाले भने, 'तपाईंहरू चुप लाग्नुहोस्। मैले रुलिङ गर्ने कि तपाईंहरूले?' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad