राजनीति


घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष नियुक्त गर्न परामर्श

घिमिरेलाई प्रशासकीय अदालतको अध्यक्ष नियुक्त गर्न परामर्श

नेपालखबर
साउन २१, २०८२ बुधबार १८:२९, काठमाडौँ

न्याय परिषद्ले प्रशासकीय अदालतको अध्यक्षमा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न परामर्श दिएको छ।

आज बुधबार प्रधान्यायाधीश प्रकाशमान सिंह राउतको अध्यक्षतामा  बसेको न्याय परिषद् बैठकले यो निर्णय गरेको हो। 

'प्रशासकीय अदालतको अध्यक्ष पदमा प्रशासकीय अदालत ऐन २०७६ को दफा ३ को उपदफा १ को खण्ड क बमोजसम नेपाल न्याय सेवा राज पत्रांकित विशिष्ट श्रेणी (नायब महान्यायाधिवक्ता) पदमा काम गरेका डा टेकबहादुर घिमिरेलाई नियुक्त गर्न नेपाल सरकारलाई परामर्श प्रदान गर्ने' निर्णयमा भनिएको छ। 

अब उनको नियुक्तिसम्बन्धी निर्णय भने मन्त्रिपरिषद्ले गर्नेछ।

नायब महान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले अनिवार्य अवकाश पाउनुभन्दा तीन दिनअगाडि पदबाट राजीनामा दिएका थिए।

डा. घिमिरेले साउन २ गते पदबाट राजीनामा दिएका हुन्। उनले साउन २ गतेबाट लागू हुने गरी दिएको स्वैच्छिक अवकाश साउन चार गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad