नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन आयोगल हाल प्रस्ताव गरेको राजनीतिक दलसम्बन्धी स्वमूल्यांकन कार्यविधि संविधान विपरित भएको बताएका छन्।
बुधबार माओवादी केन्द्रको आह्वानमा सिंहदरबारमा बसेको बैठकको सञ्चालन गर्दै प्रचण्डले सो कार्यविधि हालको संविधान, ऐन तथा कानुन विपरीत रहेकाले सम्पूर्ण दलहरूको साझा धारणा आवश्यक रहेको बताएका थिए।
निर्वाचन आयोगले साउन २२ गतेसम्म सुझाव दिन आह्वान गर्दै पठाएको ‘राजनीतिक दल स्वमूल्यांकन कार्यविधि, २०८२’ का विषयमा गम्भीर आपत्ति जनाउँदै कांग्रेस-एमालेबाहेकका दलको बैठक माओवादी केन्द्रको संसदीय दलमा बसेको हो।
186
Shares

प्रतिक्रिया