राजनीति


विकास आयोजना समयमै सक्ने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

विकास आयोजना समयमै सक्ने गरी काम गरौँ: उपप्रधानमन्त्री सिंह

नेपालखबर
साउन २१, २०८२ बुधबार १४:५६, काठमाडौँ

कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काम समयमा सकियोस् भन्ने जनचाहनाअनुसार काम गर्नुपर्ने बताएका छन्। 

स्थानीय पूर्वाधार तथा विकास विभागको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई बुधबार सम्बोधन गर्दै उनले विभागलाई विकास निर्माणका आयोजनाहरू समयमा सम्पन्न गर्ने गरि काम गर्न आह्वान गरेका हुन्। 

शहरी विकास मन्त्रालयअन्तर्गत रहेको स्थानीय पूर्वाधार विकास विभागले सडक पूर्वाधार, झोलुंगेपुल,सडकपुल,स्थानीय तहको प्रशासकीय भवन र साना सिञ्चाइ आयोजनाको काम गरिररहेको छ। 

‘विकास निर्माण र पूवाृधारसँग सम्बन्धित काम समयमा सकियोस् भन्ने जनताको चाहना पूरा गर्ने गरि काम गर्न लाग्नुस्,' उनले भने, 'त्यसका लागि मन्त्रालयबाट गर्नुपर्ने केही छ भने भन्नुहोला। मन्त्रालयबाट गर्नुपर्ने काम गर्छौँ।’ 

गत वर्ष विभागको समग्र प्रगति ६५ प्रतिशत मात्र देखिएकोमा असन्तुष्टि जनाउँदै उनले विगतका कमजोरी पहिचान गरी समाधान गर्दै आगामी वर्षमा उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा जोड दिए। 

त्यस्तै, उनले अघिल्लो वर्षको समीक्षाबाट सिक्दै आगामी वर्षका योजनाहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न समयमै काम शुरु गर्न पनि निर्देशन दिए।

कार्यवाहक प्रधानमन्त्री सिंहले  स्थानीय पूर्वाधार विकास विभागले चालु वर्षमा गर्ने योजनाहरू समयमै र गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad