नेपालका लागि निसान सवारी साधनहरूको आधिकारिक वितरक पायोनियर मोटोकर्प प्रालिले नाइमा मोबिलिटी एक्सपो २०२५ मा ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट योजना ल्याएको छ।
योजनाअन्तर्गत कम्पनीले अल न्यु निसान म्याग्नाइटमा विभिन्न आकर्षक सुविधाहरूसहितको अफर ल्याएको हो।
कम्पनीका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाका अनुसार यो अफर नाइमा एक्सपोसँगै यसपछिका चाडपर्वमा समेत लागू हुनेछ।
योजनाअन्तर्गत, निसान म्याग्नाइट बुक गर्ने ग्राहकहरूले विभिन्न लाभहरू प्राप्त गर्नेछन्। यसमा समावेश हुने लाभहरूमा आकर्षक नगद छुट, नाइमा एक्सपो विशेष छुट, तीन वर्षसम्मको निःशुल्क सर्भिसिङ, तीन वर्षको वारेन्टी, एक वर्षको निःशुल्क बीमा, निःशुल्क रोड कर र डाउनपेमेन्ट मात्र ६ लाख ८० हजार रुपैयाँमा खरिद गर्न सकिने सुविधा छ।
ग्राहकहरूले सजिलो फाइनान्सिङका साथ निसान म्याग्नाइट खरिद गर्न सक्नेछन् र अफरमा उल्लेख गरिएका सबै सुविधाहरू केही शर्तहरूसहित लागू हुनेछन्।
यस्तैगरी, निसान लिफमा ग्राहकहरूले अधिकतम २० लाख १५ हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सकिनेछ। निसान अर्वानमा शून्य प्रतिशत डाउनपेमेन्टको सुविधा उपलब्ध छ।
Shares

प्रतिक्रिया