राजनीति


चुरे विनाश नरोकिए सभ्यता नै खतरामा पर्छ: रामवरण यादव

चुरे विनाश नरोकिए सभ्यता नै खतरामा पर्छ: रामवरण यादव

नेपालखबर
साउन २०, २०८२ मंगलबार १९:५, काठमाडौँ

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले चुरे विनाश नरोकिए सभ्यता नै विनाश हुने खतरा रहेको बताएका छन्।  

जनकपुरधाम उपमहानगरपालिका २४ मा रहेको गोगलप्रसाद नमूना माध्यमिक विद्यालयको ७५ वर्ष पूरा गरेको अवसरमा आयोजित हिरक महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चुरे विनाश हुँदै गइरहेकोप्रति चिन्ता व्यक्त गरेका हुन्।  

उनले अन्नको भण्डार, माछाको भण्डार, फलफूलको भण्डार रहेको मधेस चुरे विनाशका कारण मरुभूमिकरणतर्फ अग्रसर भइरहेको बताए। 

उनले चुरे विनाश रोक्न स्थानीयलाई अग्रसर हुन समेत आह्वान गरे। पूर्वराष्ट्रपति यादवले चुरेको वन विनाश गरेर मदन भण्डारी राजमार्ग बनाउन लागिएकोमा समेत चिन्ता व्यक्त गरे। 

उनले शिक्षा र स्वास्थ्यमा राजनीति नहुनुपर्नेमा समेत जोड दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad