राजनीति


रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

रास्वपाले टोल समन्वय समूह बनाउने, रविको पक्षमा ३२ लाख हस्ताक्षर र ५६ लाख सहयोग

नेपालखबर
साउन २०, २०८२ मंगलबार १९:२, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले टोल समन्वय समूह बनाइ वडाभन्दा तल्लो स्तरमा रहेर अभ्यास गर्ने भएको छ।

पार्टी केन्द्रीय कार्यालय चःमतीमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो। वडाभन्दा तल पनि आफ्नो पार्टीको संगठन विस्तार गर्ने उद्देश्यले टोल समन्वय समूहको परिकल्पना गरिएको पार्टीका प्रवक्ता मनीष झाले जानकारी दिए। 

उनका अनुसार समूहको संयोजक टोल समन्वय समूह रहने र पालिका अधिवेशनको प्रतिनिधि बन्न पाउने व्यवस्था हुनेछ। बैठकले रुपन्देही उपनिर्वाचनको लागि दल दर्ता गर्ने निर्णय गरेको छ।
 
‘अबदेखि टोल समन्वय समूहको परिकल्पना गरेर रास्वपाले वडा भन्दा तल पनि अभ्यास गर्ने निर्णय गरेको छ,' उनले भने, 'हरेक टोलमा सदस्यता विस्तार गर्ने र एउटा जिम्मेवारी राख्ने। सो समूहमा रहेको संयोजक,उपसंयोजक, टोल सदस्यहरु त्यसरी हुन्छ। टोल समूहका संयोजक वडा परिषद्मा सदस्य हुनुहुनेछ। पालिका अधिवेशनको प्रतिनिधि हुनुहुनेछ।’

केन्द्रीय समितिको बैठक साउन २३ गते पार्टी केन्द्रीय कार्यालयमा १ बजे बस्ने निर्णयसमेत गरेको उनको भनाइ छ। हालसम्म पार्टी सभापतिको पक्षमा ३२ लाख हस्ताक्षर संकलन भएको र ५६ लाख रुपैयाँ सहयोग प्राप्त भएको उनको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad