ad ad

राजनीति


भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : सीमा बन्द छ, लकडाउन अवधिभर यथास्थानमै रहनुहोस्

भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह : सीमा बन्द छ, लकडाउन अवधिभर यथास्थानमै रहनुहोस्

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ९:१८,

दिल्लीस्थित नेपाली दूतावासले भारतले लकडाउन अवधिभर आफू बसेकै स्थानमा रहन भारतमा रहेका नेपालीहरुलाई आग्रह गरेको छ।

बुधबार दूतावासले एक विज्ञप्ति प्रकाशित गर्दै भारत सरकारले कोरोनाको संक्रमण रोकथाम तथा नियनत्रणका लागि मे ३ सम्म लकडाउन अवधि बढाएको भन्दै सो अवधिसम्म सरकार, राज्यसरकार र स्थानीय तहकाबाट जारी भएको सूचना तथा आदेशको पूर्ण पालन गरी यथास्थानमै रहन नेपालीहरुलाई आग्रह गरेको हो।

नेपाल सरकारले समेत वैशाख १५ गतेसम्मका लागि लकडाउन बढाएको, सीमा नाकामा अन्तर्राष्टिय आवतजावतमा रोक लगाउने पहिलेको निर्णयलाई यथावत नै राखेको जानकारी दिएको छ।

दूतावासले विश्वव्यापी महामारीको यो संवेदनशील समयमा अनावश्यक हल्ला र अफवाहबाट प्रभावित नहुन समेत सबैमा आग्रह गरेको छ।

आपतकालिन समस्या परेमा दूतावासले दिएको आपतकालीन नम्बर ८९२९६०१९२५ मा सम्पर्क गर्न र अन्य विषयमा बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म ०११२३४७६२०० र २३२७३६१ नम्बरमा सम्पर्क गर्न समेत दूतावासले आग्रह गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .