राजनीति


कुलिङ पिरियड छेडखानी नियोजित, सभापति र सचिवले राजीनामा दिनुपर्छः माओवादी सांसद सापकोटा

कुलिङ पिरियड छेडखानी नियोजित, सभापति र सचिवले राजीनामा दिनुपर्छः माओवादी सांसद सापकोटा

नेपालखबर
साउन २०, २०८२ मंगलबार १८:२, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले कुलिङ पिरियड छेडखानी नियतजन्य काम भएको बताएका छन्।

मंगलबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। मंगलबार नै छानबिन समितिले प्रतिवेदन प्रतिनिधि सभामा पेश गरिसकेको छ।

सोही बारेमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद सापकोटाले समितिले गम्भीर त्रुटीका रुपमा लिएको बताए। समिति सभापति र सचिवले नियतजन्य रुपमा गरिएको आरोप लगाए।

उनले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको कार्यशैली रहस्यमय रहेको र पदीय जिम्मेवारी निर्वाह गर्न नसकेको समितिको निष्कर्ष रहेको बताए। 

उनले भने, ‘हामीले गम्भीर त्रुटी भनेका छौँ, यसलाई मानवीय त्रुटीका रुपमा लिन सकिँदैन। त्यो नियतजन्य रुमपा गरिएको कमजोरी हो। त्यसलाई नियतजन्य रुपमा जानाजान नै छेडखानी गरिएको छ।’

कानुनतः प्रथम दृष्टिमै सभापति र सचिवले जिम्मेवारी लिनुपर्ने र नैतिक रुपमा राजीनामा दिनुपर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad