राजनीति


रामहरि खतिवडालाई शेखरले भने: नैतिकता छैन भने राजनीति नगरे हुन्छ

रामहरि खतिवडालाई शेखरले भने: नैतिकता छैन भने राजनीति नगरे हुन्छ

नेपालखबर
साउन १८, २०८२ आइतबार १८:६, विराटनगर

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले निजामती सेवा विधेयकमा कुलिङ पिरियडसम्बन्धी गम्भीर त्रुटि हुँदासमेत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पद नत्यागेकोप्रति आक्रोश व्यक्त गरेका छन्।

आइतबार विराटनगरमा आयोजित गुराँस पुस्तकालयको स्थापना दिवस तथा सम्मान कार्यक्रममा बोल्दै डा. कोइरालाले खतिवडाले विवादास्पद विधेयकमा हस्ताक्षर गरेकाले नैतिक जिम्मेवारीस्वरूप तत्काल राजीनामा दिनुपर्नेमा नदिएको बताए। 

‘नैतिकता छैन भने राजनीति नगरे हुन्छ,’ उनले भने, ‘राज्य व्यवस्था समितिको सभापति छाड्दैमा राजनीति सकिँदैन।’

उनले वर्तमान सरकारमाथि पनि प्रश्न उठाउँदै कांग्रेस सत्ता साझेदार भए पनि सरकार जवाफदेही, पारदर्शी र जनउत्तरदायी बन्न नसकेको टिप्पणी गरे।

डा कोइरालाले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता संकुचित पार्न खोजिएकोप्रति चिन्ता व्यक्त गरे। उनले सामाजिक सञ्जालमा लेखे मात्र पनि मुद्दा लाग्ने अवस्था देखिएको उल्लेख गर्दै उनले भने, ‘मुद्दा लगाउने, प्रहरी लगाएर पक्राउ गर्ने अनि बोल्नेलाई चुप लगाउने मानसिकता अहिलेको सरकारको देखिएको छ।’

कोइरालाले विराटनगर ऐतिहासिक राजनीतिक आन्दोलनको थलो भएको स्मरण गराउँदै फेरि यहीँबाट भ्रष्टाचार, दण्डहीनता र अपारदर्शिताविरुद्ध आवाज उठाउन स्थानीय जनतालाई आह्वान गरे।

‘वर्तमान अवस्थामा लोकतन्त्र धरापमा परेको छ, कांग्रेसको विचार र सिद्धान्त धरापमा परेको छ,’ उनले भने।

कोइरालाले राज्यका तीनवटै अंग—कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकामा गम्भीर समस्या देखिन थालेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad