राजनीति


शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीको भेट

शीतल निवासमा राष्ट्रपति र प्रधानमन्त्रीको भेट

नेपालखबर
साउन १७, २०८२ शनिबार १८:५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गरेका छन्। 

राष्ट्रपति भवन शीतल निवासमा शनिबार भएको भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानको अवाजा सहरमा आयोजना हुने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको  सहभागिताका बारेमा जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

प्रधानमन्त्री ओली यही साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट २०२५) आयोजना हुने सम्मेलनमा सहभागी हुन त्यसतर्फ  जान लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad