कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन्। राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाईं कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए। हरेक नेपालीहरुलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ छ।
‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाकमात्रै भएपनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्नसक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ। हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावि सन्तति पनि रोगी भएर जन्मिन्छन्। रोग भित्र्याउने काम हुन्छ। नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ,' उनले भने, 'हामीले बाटाभर थुप्रै मकैबारी देखेर आयौँ। मकै,धान, गहुँ सरह नै कोदो पनि महत्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ। उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ।’
Shares

प्रतिक्रिया