नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता श्रेष्ठको कदम विधानविपरीत रहेको बताएका छन्।
बुधबार काठमाडौँमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधानविपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए।
अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर स्पष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले धेरै कार्यकर्ताको चित्त दुखेको उनको भनाइ छ। चौधरीले कार्यवाहक अध्यक्ष तोक्दा पनि केन्द्रीय समिति बोलाएर निर्णय गराउनुपर्ने बताए।
उनले कसका कारण पार्टीभित्र समस्या देखिएको हो भन्ने सबैलाई छर्लंग नै रहेको पनि बताए।
अध्यक्ष श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएकी छन्। श्रेष्ठले भने आफूले विधानको व्यवस्थामा टेकेर बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको बताएकी छन्।
Shares

प्रतिक्रिया