प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र भ्रष्टाचार पर्याय भएको भन्ने माओवादी केन्द्रका सांसदलाई जवाफ दिएका छन्।
बुधबार राष्ट्रियसभाको बैठकमा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले ‘सरकार र भ्रष्टाचार अहिले पर्यायवाची बनेका’ टिप्पणी गरेका थिए। ओलीले राष्ट्रि सभाबाटै त्यसको जवाफ फर्काएका हुन्।
नेपाल अल्पबिकसित देशबाट स्तरउन्नती हुन लागेको सन्दर्भमा राष्ट्रिय सभालाई सम्बोधन गर्दै उनले सरकार ‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको’ बताए।
‘सरकारले एक/दुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यावाची भन्छन्, छ्यालब्याल रैछ भन्छन्,’ ओलीको भनाइ छ, ‘भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त? भ्रष्टाचार गर्न दिइन्न। कसैले गर्यो भने कारबाही हुन्छ। त्यही त गर्ने होला नि?’
उनले थपे, ‘सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ। कहाँको भ्रष्टाचारको पर्याय? गम्भीर विषयमा छलफल हुँदा खेरी हामी त्यही गम्भीरतासाथ लिनुपर्छ भन्ने म ठान्छु।’
Shares

प्रतिक्रिया