गृह मन्त्रालयले रुपन्देही र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा गरिएको छ। रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेलाई गृहमन्त्रालय सरुवा गर्दै गृह मन्त्रालयमा कार्यरत सहसचिव टोकराज पाण्डेलाई रुपन्देहीमा खटाइएको छ।
यस्तै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापालाई पनि गृह मन्त्रालयमा सरुवा गरिएको छ। त्यहाँ गृह मन्त्रालयका सहसचिव वन्धुप्रसाद वास्तोलालाई खटाइएको छ।
471
Shares

प्रतिक्रिया