सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।
बैठक शुक्रबार देउवा निवास बुढानीलकण्ठमा बोलाइएको हो।
पदाधिकारी बैठकमा कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू पनि सामेल हुनेछन्। सरकारप्रति कांग्रेसभित्रै चर्को असन्तुष्टि बढीरहेका बेला देउवाले मन्त्रीसहित पदाधिकारी बैठक राखेका हुन्।
अन्य नेताहरू सरकारप्रति कठोर बन्दै गइरहेका बेला देउवा भने सरकारप्रति नरम देखिएका छन्।
2.6k
Shares

प्रतिक्रिया