दराज नेपालकी प्रबन्धनिर्देशक आँचल कुँवरले नेपालमा २ करोड २० लाख अमेरिकी डलर लगानी भित्र्याएको बताएकी छन्। नेपाल खबर नेपाल राइजिङ समिट २०२५ लाई सम्बोधन गर्दै उनले सन् २०१२ देखि दराज नेपालमा रहेको र २०१४ देखि अहिलेसम्म २ करोड २० लाख रुपैयाँ अमेरिकी डलर भित्र्याइसकेको बताएकी हुन्।
'दराज २०१२ देखि छ। २०१४ देखि अहिलेसम्म २ करोड २० लाख अमेरिकी डलर भित्र्याएका छौँ। यसमा हामीले धेरै योगदान गरेका छौँ। दराज एफडीआई कम्पनी भन्ने गलत बुझाइ पनि छ। तर दराज मार्केटप्लेस हो,' उनले भनिन्, '२२ हजार बढी बिक्रेता छन्। ८२ प्रतिशत साना र मझौला व्यवसाय छ।'
उनले यसअघि आफूले अमेरिकामा अमेजनमा काम गरेको र पछिल्लो तीन वर्षयता नेपालमा दराजमा काम गरिरहेको बताइन्।
1.2k
Shares

प्रतिक्रिया