राजनीति


राप्रपामा भाँडभैलो मच्चिँदा पनि रवीन्द्र मिश्र किन मौन?

राप्रपामा भाँडभैलो मच्चिँदा पनि रवीन्द्र मिश्र किन मौन?

नेपालखबर
साउन ८, २०८२ बिहिबार १२:५९, काठमाडौँ

पार्टीमा भाँडभैलो मच्चिँदा पनि मौन रहेको भनी टिप्पणी हुन थालेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले मुख खोलेका छन्। 

मिश्रले एक वर्षअघि अन्तर्वार्तामा बोलेको कुरा ‘पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा धेरै बोल्नु हुँदैन’ भनेर स्मरण गराएका हुन्। 

‘मेरो जुँगा धेरै नतान्नोस् न कृपया! मैले एक वर्षअघि नै (अहिले होइन) राजेन्द्र बानियाँसँगको अन्तर्वार्तामा यसो भनेको थिएँ’, मिश्रले सामाजिक सञ्जालमा अन्तर्वार्ताको भिडिओ सेयर गर्दै भनेका छन्, ‘...देशमा प्रमुख नेताहरूले धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा बोल्नुपर्छ। तर देशका प्रमुख नेताहरूले पार्टीभित्र धेरै विवाद र संकट भयो भने सार्वजनिक रूपमा धेरै बोल्नु हुँदैन।’

साथै उनले नबोल्नुलाई ‘डराएको’ नठान्न चेतावनी पनि दिएका छन्। 

‘म देशको प्रमुख नेता होइन तर पदीय रूपमा पार्टीको एकजना प्रमुख नेता हुँ। त्यसैले म अत्यावश्यक नभई बोल्दिनँ। सबैले एकैपटक बोल्नु पर्दैन’, मिश्रले अगाडि भनेका छन्, ‘नबोल्नुलाई डराएको भनेर कसैले सोचेको छ भने त्यसको मूल्य महँगो पर्न सक्छ।’ 

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले हालै उपाध्यक्ष मुकुन्दश्याम गिरी, अनुशासन समिति अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुनसुन्दर लावतीलाई पदबाट हटाएपछि विवाद भइरहेको छ। 

गत चैत १५ गते काठमाडौँको तीनकुने घटनापछि मिश्र पक्राउ परेका थिए। सर्वोच्च अदालतको आदेशमा उनी ४९ दिनपछि हाजिरी जमानीमा रिहा भएका थिए। 

त्यसयता मिश्र पार्टीका बैठकमा सहभागी भए पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन् र अभिव्यक्ति दिएका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad