सांग्रिला डेभलपमेन्ट बैंकको नाफा बढेको छ। आर्थिक बर्ष २०८१/८२ मा बैंकले ५३ करोड ७० लाख रुपैयाँ नाफा कमाएको हो।
बैंकले गत अघिल्लो आर्थिक बर्षमा ५० करोड ४२ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवमा यस्तो नाफामा समान्य बृद्धि देखिएको हो।
नाफामा सामान्य बृद्धि देखिएपनि बैंकले लगानीकर्तालाई लाभांशको रुपमा दिने वितरणयोग्य नाफामा भने उल्लेख्य बढेको हो। बैंकले गत आवमा कुल ४१ करोड ३८ लाख रुपैयाँ वितरणयोग्य मुनाफा कमाएको छ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २१३.८१ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको यस्तो मुनाफा १३ करोड १८ लाख रुपैयाँ थियो।
90
Shares

प्रतिक्रिया