राजनीति


कुलिङ पिरियडबारे एमाले सांसदको संशोधनले गम्भीर बनायो : माओवादी प्रमुख सचेतक

कुलिङ पिरियडबारे एमाले सांसदको संशोधनले गम्भीर बनायो : माओवादी प्रमुख सचेतक

फाइल तस्बिर


नेपालखबर
साउन ७, २०८२ बुधबार १८:५३, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले निजामती विधेयकको कुलिङ पिरियडबारे राष्ट्रिय सभामा नेकपा एमालेका सांसदहरुले राखेको संशोधनले गम्भीर बनाएको बताएका छन्। 

संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले राष्ट्रिय सभामा सांसदको आफ्नो अधिकार हुने कुरालाई नकार्न नसकिने भएपनि दलको प्रमुख सचेतकले नै कुलिङ पिरियड हटाउने भनेर संशोधन प्रश्ताव दर्ता गर्नुले गम्भीर बनाएको बताए। प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति भएकाले यसबारे स्पष्ट पार्न जरुरी रहेको बताए।

‘यो निजामती विधेयकबारे राष्ट्रिय सभामा नेकपा एमालेको प्रमुख सचेतक सहितले जसरी संशोधन राख्नुभएको छ, त्यसले हामी सबैलाई गम्भीर बनाएको छ,’ पाण्डेले भने, ‘राष्ट्रिय सभामा आफ्नो राइटको कुरा छ। राष्ट्रिय सभाका सांसदहरुको अधिकारको कुरालाई सम्मान गर्नुपर्छ। प्रमुख सचेतक दलको आधिकारिक व्यक्ति हो। के हो भन्नेकुरा यही हो भनेर त भन्न सकिँदैन।’

प्रमुख सचेतक पाण्डेले भूमिसम्बन्धी विधेयक फास्ट ट्रयाकमा पास गर्नेकुरा माओवादीले स्वीकार नगर्ने बताए। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad