कोशी


बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला

बिर्तामोडमा एक व्यक्ति मृत अवस्थामा फेला

नेपालखबर
साउन ७, २०८२ बुधबार १८:४४, झापा

झापाको बिर्तामोड नगरपालिका–६ स्थित सुभ बिहानी टोलमा रहेको सुँगुर फर्ममा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।

बिहान करिब ६:३० बजे फर्ममा काम गर्ने भारत, सिक्किम घर बताउने अन्दाजी ६५ वर्षीय डम्बर ब। मगर ओछ्यानमा मृत भेटिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ।

उक्त फर्म सरोज लावतीले सञ्चालन गर्दै आएका हुन्। मृतक मगरका आफन्त भारतको सिक्किममै बसोबास गर्ने जानकारी प्राप्त भएकोले उनीहरूलाई खबर गर्ने प्रयास भइरहेको प्रहरीको भनाइ छ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ। घटनाको विषयमा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad