राजनीति


गणतन्त्रमा झार मौलाएर फूल हरायो: विप्लव

गणतन्त्रमा झार मौलाएर फूल हरायो: विप्लव

नेपालखबर
साउन ७, २०८२ बुधबार १८:५, काठमाडौँ

नेपाल कम्युनिस्टपार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले  गणतन्त्रमा झार मौलाएर फूल हराएको टिप्पणी गरेका छन्।

बुधवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्। गणतन्त्र आएपछि झार मौलाएर गणतन्त्रका फूलहरू खोज्नुपर्ने भएको उनको भनाइ छ।

हरेक दिन एकताको कुरा गर्ने तर आफैँभित्र उकुसमुकुसको स्थिति रहेको उनको भनाइ छ। कम्युनिस्टआन्दोलनलाई एकता आवश्यक रहे पनि त्यसका लागि निश्चित दृष्टिकोणको जरुरी रहेको उनको भनाइ छ। नेपालको राजनीतिमा गणतन्त्र आएपछि दलालहरूका झारपात मौलाएको उनको तर्क छ।

‘गणतन्त्रमा झारपात उम्रिएका छन्। गणतन्त्रका फूलहरू हेर्न झार पल्टाएर हेर्नुपर्ने भयो,' उनले भने, 'नेपालमा गणतन्त्र आएपछि दलालका झारपात मौलाएका छन्। कुन फूल र कुन झारपात हो‚ नेपाली जनता अलमलमा छन्। बर्खामा च्याउ उम्रिएका जस्ता राजनीतिक दलहरू छन्। गणतन्त्रमा बर्खामा उम्रिएका झारपात छन्।’

महासचिव चन्दले निश्चित दृष्टिकोणसहित अघि बढेर कम्युनिस्ट एकतालाई अझ बलियो बनाउनुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad