राजनीति


ओली भन्छन्- अस्ति पोलिटब्युरो एकढिक्का थियो, तर हिजोदेखि अरु तयारी भइरहेका छन्

ओली भन्छन्- अस्ति पोलिटब्युरो एकढिक्का थियो, तर हिजोदेखि अरु तयारी भइरहेका छन्

नेपालखबर
साउन ५, २०८२ सोमबार १५:१२, काठमाडौँ

सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोलिटब्युरो बैकठबाट आफूहरू एकढिक्का भएर निस्किएको दाबी गरेका छन्।

च्यासलमा आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दैै उनले आफूहरुमाथि हमला भइरहेको र त्यसमा लगानी नै भइरहेको जिकिर समेत गरेका छन्। 

‘अस्ति पोलिटब्युरो एकढिक्का छ, हामीले हाम्रो अभिभारा बुझेका छौँ, हाम्रो जिम्मेवारी बुझेका छौँ,’ ओलीले भने, ‘मलाई अचम्म लागेको छ, हामीलाई असाधारण हमला भैराखेका छन् , यी त्यसै भएको छैनन्। लगानी गरेर भएका छन्।’

आफूहरुले मिसन २०८४ भनेको र त्यसको संकल्प गरेर पोलिटब्युरो बैठकबाट निस्केको भए पनि हिजोदेखि त्यसलाई असफल पार्न तयारी सुरु भएको उनले टिप्पणी गरे।

‘हामीले मिसन ८४ भनेका छौँ, बहुमत नभै काम गर्न सकिन्न,’ ओलीको भनाइ छ, ‘एकमना एकता नभै हाम्रो नीति लागू गर्न सकिन्न। अस्तिका दिन त्यो संकल्प गरेर निस्कियौँ, हिजो अरु तयारीहरु भइरहेका छन्।’

उनले थपे, ‘कतै हामी आफ्नै संकल्पमा नरहेको जस्तो देखिन्छ। किन त्यस्तो हुन्छ?’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad