राजनीति


ओली–भण्डारी भेटले मतभेद अन्त्य भएको एमाले नेताहरूको दाबी

ओली–भण्डारी भेटले मतभेद अन्त्य भएको एमाले नेताहरूको दाबी

आइतबार भेटवार्ताका क्रममा ओली-भण्डारी।


नेपालखबर
साउन ५, २०८२ सोमबार ७:३४, काठमाडौँ

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं पार्टीका पूर्वउपाध्यक्ष विद्या भण्डारीबीच आइतबार भएको भेटवार्ताले ‘मतभेद’ अन्त्य भएको दाबी यसका नेताहरूले गरिरहेका छन्।

पूर्वराष्ट्रपति भण्डारीले एमालेको नेतृत्व लिने गरी राजनीतिमा फर्किएको घोषणा गरेयता पार्टीमा दुई धार देखिन थालेपछि अध्यक्ष ओलीले आइतबार पार्टी कार्यालय (च्यासल) मै बोलाएर पहिलोपटक उनीसँग वार्ता गरेका हुन्।

यसले दुई नेताबीच मतभेद छैन र जे हुन्छ, सहमतिमा हुन्छ भन्ने सन्देश दिएको दाबी एमाले स्थायी कमिटी सदस्य राजन भट्टराईले गरेका छन्। 

उनले आइतबारै सामाजिक सञ्जालमा लेखेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय पूर्वराष्ट्रपतिज्यूको आजको भेटघाटको निष्कर्ष : 'हाम्रा दुईका बीचमा मतभेद हुँदैन र भविष्यमा पनि जे हुन्छ, सहमतिमा हुन्छ, दरार पार्न खोजेर सम्भव छैन।’

यस्तै एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले पनि अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीको भेटलाई सकारात्मक मानेका छन्। 

उनीहरूको भेटवार्तापछि आइतबार थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामीले हिजो (शनिबार) पोलिटब्युरो बैठकमा अध्यक्ष कमरेडलाई अनुरोध गरेको यसरी नै छलफल र समझदारी निर्माणको निम्ति थियो।आज (आइतबार) पार्टी केन्द्रीय कार्यालय-च्यासल, ललितपुरमा छलफल भयो। पार्टीभित्र दुईवटा धुरी बन्नुहुँदैन। उहाँहरूले आआफ्ना धुरी बन्न दिनुहुँदैन,पार्टी बनाउनुपर्छ। मिसन-२०८३/८४ का निम्ति सबल नेतृत्व, सुदृढ संगठन र एकताबद्ध पार्टी आजको आवश्यकता हो। वादेवादे जायते तत्वबोध!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad