राजनीति


शेखर भन्छन्ः एमालेले गठबन्धनलाई धोका दिएको छ

‘निजामती विधेयकमा हालेको संशोधन पास हुन दिनुहुन्न’
शेखर भन्छन्ः एमालेले गठबन्धनलाई धोका दिएको छ

नेपालखबर
साउन ४, २०८२ आइतबार २०:११, काठमाडौँ

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेकपा एमालेका सांसदहरूले राष्ट्र्यिसभामा संघीय निजामती सेवा विधेयकमा हालेको संशोधनप्रति आपत्ति जनाएका छन्। 

गठबन्धनका दलबीच भएको सहमति र समितिमा भएको सर्वसम्मती विपरित एमालेले आफ्ना सांसदहरूलाई संशोधन हाल्न लगाएको भन्दै एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। 

उनले एमालेको यो चरित्र ‘देश, जनता, लोकतन्त्र र गठबन्धनलाई दिएको धोका हो’ भनेका छन्। 

नेपाली कांग्रेसले यस सम्बन्धमा एमालेको आधिकारिक धारणा माग गर्दै उनले एमालेले हालेको संशोधन पास हुन नदिने पनि स्पष्ट पारेका छन्। 

कोइरालाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सबै मिलेर एमालेले हालेको संशोधन पास हुन दिनु हुन्न। कुलिङ पिरियड रहन्छ, रहन्छ र रहन्छ। कोही दुविधामा नपरे हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad