ग्लोबल


दक्षिण कोरियामा बाढी र पहिरोमा परी १४ जनाको मृत्यु, १२ बेपत्ता

दक्षिण कोरियामा बाढी र पहिरोमा परी १४ जनाको मृत्यु, १२ बेपत्ता

बाढीले दक्षिण कोरियाको अवस्था


नेपालखबर
साउन ४, २०८२ आइतबार २०:१४, काठमाडौँ

दक्षिण कोरियामा केही दिनदेखि परेको मुसलधारे वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ।

दक्षिण कोरियाको विपद् व्यवस्थापन कार्यालयका अनुसार बाढी र पहिरोमा परी १२ जना बेपत्ता रहेकाले मृतकको संख्या बढ्न सक्ने आशंका छ। खोजी जारी छ।

आइतबार सार्वजनिक भिडिओ फुटेजमा पहिरो गएको क्षेत्र गाप्योङ सहरका मानिस दलदलमा हिँडिरहेको र राहत शिविरमा पुग्न क्षतिग्रस्त पुल पार गरिरहेको देखिन्छ। 

शनिबार देखिएको अर्को भिडिओ फुटेजमा दक्षिणको चुङचियोन क्षेत्रमा पहिरो गएपछि एउटा पूरै गाउँ हिलो र भग्नावशेषमा पुरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad