राजनीति


शेखर समूहको बैठकपछि सुनील शर्माले भने- दलमा हाम्रो ६० प्रतिशत पुग्छ

शेखर समूहको बैठकपछि सुनील शर्माले भने- दलमा हाम्रो ६० प्रतिशत पुग्छ

नेपालखबर
साउन ४, २०८२ आइतबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेसका सांसद डा. सुनील शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरु रहेको दाबी गरेका छन्।

पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरुसँगको भेटपछि आइतबार काठमाडौँमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने बारेमा पनि छलफल बताए। 

‘हाम्रा जति पनि साथीहरु केन्द्रीय स्तरमा वा प्रदेश स्तरमा मन्त्री मण्डलमा हुनुहुन्छ, यी सबै साथीहरुलाई ब्याक बोलाउने भन्नेसम्म पनि जानसक्छ, त्यसैको निम्ति एक दुई दिन हामीलाई समय लाग्छ। आजका मितिमा डा. शेखर कोइरालाले चाहँदा संसदीय दलमा हाम्रो सम्मानजनक अवस्था छ। संसदीय दलमा भिड्ने हो भने ६० प्रतिशत पुग्छ।’

वर्तमान सरकारले सुशासन दिन नसकेको, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको धारणा नेता कोइराला राख्दै आएका छन्।

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) र सत्ता सहयात्री नेकपा एमालेकी नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेसँगै सरकार परिवर्तनको चर्चा चुलिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad