वैदेशिक रोजगारीका लागि ग्रीस पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङको नेत्रावती गाउँपालिका–५ घर भइ हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ बस्ने सुदिप सापकोटा (२९ वर्ष) रहेका छन्।
सापकोटाले आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि ग्रीस लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखि विदेश नपठाई सम्पर्क विहीन भएको प्रहरीको आरोप छ।
पीडितले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
उनीविरुद्ध २ लाख ४० हजार बिगो कायम गरिएको छ।
90
Shares

प्रतिक्रिया