नेकपा एमालेको पोलिटब्युरो बैठकअन्तर्गत आज (शनिबार) दोस्रो दिन।
बैठक एमाले केन्द्रीय कार्यालय (च्यासल) मा अब केही बेरमै सुरु हुँदै छ।

यो खबर लेखिरहँदा नेताहरू प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षा गरिरहेका छन्।
शुक्रबार दिउँसो सुरु बैठक छलफल नसकिएकाले दोस्रो दिन शनिबार पनि जारी रहने भएको हो।
खासगरी पार्टीको विधान संशोधनबारे बिहीबार सचिवालय बैठकले गरेका निर्णय अनुमोदनका लागि एमालेले पोलिटब्युरो बैठक राखेको हो।
बैठकमा पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले सांगठनिक प्रस्ताव पेस गरेका छन्।
विधान संशोधन प्रस्तावमा शुक्रबार ७ नेताले धारणा राखेका छन। अब आज बाँकी नेताले यस विषयमा विचार राख्नेछन्।
Shares

प्रतिक्रिया