नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिहरुलाई बढी भन्दा बढी पार्टीमा आवद्ध गराउनुपर्ने बताएका छन्।
शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल सबै जातजातिको देश भएको र अझै यसलाई सुन्दर बनाउनुपर्ने बताए। उनले नेपालको मौलिकता भनेकै बहुलजाति भाषा, धर्म, संस्कृति रहेको स्पष्ट पारे।
सभापति देउवाले नेपालको पहिचान र संस्कृति जोगाउन आदिवासी जनजातिहरुको भूमिका महत्वपूर्ण रहेको बताए। आदिवासी जनजातिहरुको लागि कांग्रेसले गर्नुपर्ने आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको उनको धारणा थियो।
उनले भने, ‘यो सबै जातजातिको देश हो। यसलाई अझै सुन्दर बनाउनुपर्छ। यो हाम्रो मौलिकता हो। हाम्रले देशको पहिचान हो। आदिवासी जनजातिहरुले पहिचान जोगाउन महत्वपूर्ण छ। पहिचानसहितको राष्ट्र हो यो। नेपालका सम्पूर्ण आदिवासी जनजातिलाई बढी भन्दा बढी नेपाली कांग्रेसमा आवद्ध गराउनु होला। यो आग्रह गर्न चाहन्छु। यसका लागि नेपाली कांग्रेसले के गर्नुपर्छ त्यो सहयोग गर्नेछ।’
सभापति देउवाले नेपाल सुन्दर देश भएको बताए। आदिवासी जनजातिहरुले नेपालको पहिचान जोगाउने काममा ठूलो महत्व पुर्याएको बताए।
Shares

प्रतिक्रिया