राजनीति


राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त

नेपालखबर
साउन २, २०८२ शुक्रबार १६:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पार्टीका उपाध्यक्ष मुकुन्दश्याम गिरी पदमुक्त भएका छन्।  पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई उपाध्यक्ष र केन्द्रीय सदस्यको जिम्मेवारीबाट अलग गरेको राप्रपाका प्रचार विभाग प्रमुख एवम् प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। गिरी मनोनित उपाध्यक्ष हुन्। 

यसअघि लिङ्देनले असार २५ गते अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदी र प्रवक्ताबाट सगुनसुन्दर लावतीलाई पनि पदमुक्त गरेका थिए।

सुवेदी र लावतीलाई पदमुक्त गर्ने अध्यक्ष लिङ्देनविरुद्ध उपाध्यक्ष गिरीसहित अर्का उपाध्यक्ष उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्रीद्वय धवलशम्शेर राणा र कुन्ती शाहीले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad