नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले हिजोको पार्टी सचिवालय बैठकले गरेको निर्णयलाई पोलिटब्युरो बैठकले परिमार्जन गर्नुपर्ने बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत् पोखरेलले आगामी केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउन आह्वान गरेका हुन्।
‘पार्टीको विधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा)माथि सचिवालयको बैठकमा गम्भीरताका साथ छलफल गरियो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज पोलिटब्यूरो सदस्यहरूकाबिचमा छलफल हुनेछ पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ।’

4.2k
Shares

प्रतिक्रिया