राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का चार पदाधिकारीले आफूविरुद्ध संयुक्त विज्ञप्ति जारी गरेपछि अध्यक्ष राजेन्द्र लिङ्देनले ‘अब कठोर हुने समय आएको’ टिप्पणी गरेका छन्।
बिहीबार साँझ राप्रपाका वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाहीले संयुक्त विज्ञप्ति निकालेर नवराज सुवेदी निकालेर अध्यक्ष लिङ्देनले विधानविपरीत स्वेच्छाचारी निर्णय गरेको आरोप लगाएका हुन्।
लगत्तै लिङ्देनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथीहरू, निष्ठाको रक्षाको लागि अब कठोर बन्ने समय आयो।’
यसअघि महामन्त्री धवल शमशेरको सचिवालयमा लिङ्देनविरुद्ध राप्रपाको छु्टै भेला राखिएको थियो भने सुवेदीले आफूलाई पार्टीको अनुशासन समितिको संयोजकमा पुनर्बहाली माग गर्दै निर्वाचन आयोगमा उजुरी दिइएको छ।
Shares

प्रतिक्रिया