राजनीति


राप्रपाका ४ नेताले भनेः विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई क्षति पुग्यो

राप्रपाका ४ नेताले भनेः विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले पार्टीलाई क्षति पुग्यो

नेपालखबर
साउन १, २०८२ बिहिबार २०:३१, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का चार नेताहरूले अध्यक्ष राजेन्द्र लिङ्देनको स्वेच्छाचारी निर्णयले पार्टीलाई क्षति पुगेको बताएका छन्। 

बिहीबार विज्ञप्ति जारी गर्दै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शम्सेर राणा र कुन्ती शाहीले विधानको उल्लंघन र स्वेच्छाचारी क्रियाकलापले राप्रपालाई क्षति पुगेको बताएका छन्।

उच्चस्तरीय बैठकमा भएको समझदारी विपरीत नवराज सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट हटाएर गलत सन्देश प्रवाह गरेको उनीहको आरोप छ।

‘सौहार्दपूर्ण सम्पन्न उच्चस्तरीय बैठकमा भएको समझदारी अनुरूप नेता सुवेदीलाई अध्यक्ष लिङदेनले ‘दाइ पार्टीमा पूर्ववत् रूपमा प्राप्त जिम्मेवारी पूरा गर्न सशक्त भएर अघि बढ्नुहोस्‌’ भन्नुभएको हो’ विज्ञप्तिमा भनिएको छ, ‘यद्यपि शीर्ष नेतृत्व तहमा भएको सहमति लत्याउँदै नेता सुवेदीलाई अनुशासन समितिको अध्यक्ष पदबाट विधान विपरीत हटाएर गलत सन्देश प्रवाह गरिएको छ।’

यस्तै भारतमा क्यान्सरको उपचार गरिरहेको बखत महामन्त्री धवल शम्सेर राणालाई स्पष्टीकरण समेत नसोधी संगठन विभागको प्रमुखबाट, सगुनसुन्दर लावतीलाई पार्टी प्रवक्ता र केन्द्रीय सदस्य धनसुर शाहीलाई संयोजित संगठन समन्वय विभागको सदस्य सचिव पदबाट विधान विपरीत हटाइएकोमा उनीहरूले आपत्ति जनाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad