राजनीति


विद्याजी राजनीतिमा आउनुहुन्छ भन्ने पार्टीले ठानेको छैन, उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

विद्याजी राजनीतिमा आउनुहुन्छ भन्ने पार्टीले ठानेको छैन, उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन : ओली

फाइल तस्बिर


नेपालखबर
साउन १, २०८२ बिहिबार १७:८, काठमाडौँ

प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा आउने कुरा पार्टीले नठानेको बताएका छन्। 

वरिष्ठ पत्रकार विजयकुमार पाण्डेसँग दिशा निर्देश अनलाइन टिभीसँगको कुराकानीमा भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्न नसकिने समेत उल्लेख गरे।

‘अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्न सकिने अवस्था छैन, किनभने एक त उहाँ राजनीतिमा आउनुहुन्छ भनेर पार्टीले मानेको, ठानेको अवस्था नै छैन,’ ओलीले भने, ‘उहाँ त पार्टी काम छोडेर धेरै वर्ष बाहिर जानु भएको छ। अहिले पनि उहाँले संगठनात्मक नेतृत्वमा बसेर काम गरेको अवस्था होइन।’

राजनीतिमा आउनेबारे आफू र पार्टीसँग कुनै सल्लाह पनि पूर्वराष्ट्रपति भण्डारीले नगरेको उनको भनाइ छ। ‘यसमा उहाँले अरुसँग थाहा भएन, मसँग सरसल्लाह गर्नुभएन,’ ओलीले भने, ‘र पार्टीमा आधिकारिक ढंगले सरसल्लाह गर्नुभएन।’

यद्यपि सार्वजनिकरुपमा यसबारे बोलेको भने आफूहरुलाई थाहा भएको उनले जिकिर गरे। ‘हामीले पनि जानकारी प्राप्त गरेका छौँ,’ ओलीले भने, ‘उहाँले सार्वजनिकरुपमा बोलेका कुराहरू, उहाँले आउँछु भनेका कुराहरू,ती के हुन्? उहाँसँग हामीले सोध्नुपर्छ।’

यस विषयमा पार्टीले कहिले निर्णय गर्छ भन्ने प्रश्नमा उनले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउनु हुन्छ या हुँदैन भन्नेबारे पार्टीले भण्डारीलाई छिट्टै सुझाव दिने जानकारी समेत दिए। 

‘उहाँले प्रश्न उठाइसकेपछि र उहाँले म आउँछु भनेपछि निर्णय त गर्नैपर्छ,’ ओलीले भने, ‘नैतिकरुपमा हुन्छ हुँदैन? गणतन्त्रमा के असर पर्छ? समाजमा के असर पर्छ? राजनीतिमा के असर पर्छ? व्यवस्थामा के असर पर्छ? उहाँकै जीवनमा के असर पर्छ?’

उनले थपे, ‘यी सबै विषयमा सोचेर उहाँलाई दिने सुझाव अथवा उहाँमाथि गर्नुपर्ने निर्णय पार्टीले गर्न त गर्छ नै।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad