राजनीति


ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

ज्ञानेन्द्र शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन एमालेको माग

नेपालखबर
असार ३१, २०८२ मंगलबार १४:५४, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र बहादुर शाही(ज्ञानबहादुर शाही)को पछिल्लो अभिव्यक्ति प्रतिनिधिसभाको रेकर्डबाट हटाउन सत्ता नेतृत्वकर्ता नेकपा एमालेले माग गरेको छ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा शाहीले 'न्याय नपाए गोरखा जानू, भ्रष्टाचार गर्न नपाए केपी ओलीको क्याबिनेटमा आउनू' भनेर सरकारको आलोचना गरेका थिए। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस डिलबारेको अडिओ सार्वजनिक भएपछि राजीनामा दिएको विषयलाई शाहीले राजीनामा दिएर मात्रै उन्मुक्ति दिन नहुने बताएका थिए। उनले गुप्तालाई पक्राउ गरेर अनुसन्धान गर्न पनि माग गरे।   

शाहीले सरकारको आलोचना गरेलगत्तै नेकपा एमालेकी सचेतक सुनीता बरालले नियमापत्ति गरिन्। सभामुखले बोल्ने समय दिएलगत्तै उनले शाहीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताइन्।   

'सिंगो नेतृत्वमाथि जुन संगीन आरोप लगाएर समग्र सरकार र सरकार मात्रै होइन। यो देशको नेतृत्वकर्ताका हिसाबले देशकै बदनाम गर्न खोजिएको छ,' उनले भनिन्, 'संसद्‌मा जे पनि बोल्न पाइने र जस्तो पनि आरोप लगाउन पाइने जुन प्रवृत्ति बढिरहेको छ, जुन अभ्यास बढिरहेको छ र अहिले भर्खरै पूर्ववक्ता माननीय (ज्ञानेन्द्र शाही)ले संगीन आरोप सरकारलाई, सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रीको नामै उच्चारण लिएर गर्नुभयो। यो विषयमा हाम्रो दलको गम्भीर ध्यानाकर्षण भएको छ। यो विषय रेकर्डबाट हटाइनुपर्छ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad