नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन्।
हाल देशबाहिर रहेका देउवाले सामाजिक सञ्जालमार्फत श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
देउवाले ‘नेपालको लोकतान्त्रिक आन्दोलनमा उहाँले निभाउनु भएको अग्रणी भूमिका सधैं स्मरणीय रहनेछ’ भनेका छन्।
वरिष्ठ नेता श्रेष्ठको आज (मंगलबार) निधन भएको हो।
105
Shares

प्रतिक्रिया