कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बिहान बस्ने भएको छ।
वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार निधन भएकोमा शोक प्रस्ताव पारित गर्नका लागि बैठक बस्न लागेको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए।
बैठक बुधबार बिहान साढे ८ बजे बस्नेछ।
वरिष्ठ नेता श्रेष्ठको मंगलबार ललितपुरस्थित हेलिस अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान ९ बजेदेखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा राखिने कांग्रेसले जनाएको छ।
सो पश्चात पशुपति आर्यघाटमा श्रेष्ठको अन्तिम दाहसंस्कार गरिने कार्यवाहक मुख्य सचिव दुलालले जानकारी दिए।
24
Shares

प्रतिक्रिया