राजनीति


रास्वपाको प्रश्न : सामान्य प्रशासनमन्त्रीको राजीनामा आयो, गृहमन्त्रीको नैतिकता कहिले जाग्ने?

रास्वपाको प्रश्न : सामान्य प्रशासनमन्त्रीको राजीनामा आयो, गृहमन्त्रीको नैतिकता कहिले जाग्ने?

फाइल तस्बिर


नेपालखबर
असार ३१, २०८२ मंगलबार १३:४०, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागमार्फत भइरहेको मानव तस्करीको विषय सरकारले नसुनेको भन्दै आपत्ति जनाएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै उनले भिजिट भिसाको आवरणमा भइरहेको तस्करीबारे आफूहरुले निरन्तर आवाज उठाउँदै आएको भएपनि सरकारमा पेलेरै अघि बढ्ने प्रवृत्ति देखिएको आरोप लगाए। 

सांसद नेपालीले घुस डिल काण्डमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएर मात्र नपुग्ने जिकिर गर्दै गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो भन्दै प्रश्न समेत गरे।

‘संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएको समाचार आएको छ, यतिले मात्र हुदैन,’ उनले भने, ‘अरु मन्त्री पनि पोलिएका छन्। यो विषयमा निष्पक्ष छानबिन होस्। र दोषिउपर शक्त कारबाही यथाशीघ्र होस्।’

सांसद नेपालीले थपे, ‘तर अझैपनि एउटा गम्भीर प्रश्न अनुत्तरित नै छ। अध्यागमन विभागमार्फत भइरहेको मावन तस्करीको प्रत्यक्ष संरक्षण र अप्रत्यक्ष संलग्नता भएका गृहमन्त्रीको नैतिकता कहिले जाग्ने हो? त्यो पदको यत्रो लोभ किन हो? छानबिन समिति कहिले बन्ने हो?’

उनले गृहमन्त्रीमाथि निरन्तर प्रश्न उठिरहेको भएपनि नैतिकता नदेखाएको टिप्पणी गरे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad