राजनीति


दीपक बोहराकै २ छोरासहित रुपन्देही उपनिर्वाचनका लागि राप्रपाबाट ६ जना सिफारिस

दीपक बोहराकै २ छोरासहित रुपन्देही उपनिर्वाचनका लागि राप्रपाबाट ६ जना सिफारिस

इन्जिनियर प्रज्ज्वल बोहरा र पाइलट गौरव बोहरा


नेपालखबर
असार २९, २०८२ आइतबार २१:२२, काठमाडौँ

रुपन्देही क्षेत्र नं ३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट छ जनाको नाम सिफारिस गरिएको छ।

राप्रपा जिल्ला कार्यसम्पादन समितिको आज बसेको बैठकले छ जनाको नाम सिफारिस गरेको प्रवक्ता दिलीपकुमार मल्लिकले बताए।

सिफारिस हुनेहरूमा पार्टीको जिल्ला अध्यक्ष तथा पूर्वनगरप्रमुख सागर प्रताप राणा, केन्द्रीय सदस्य वसन्तविक्रम शाही, नगर सदस्य क्याप्टेन (पाइलट) गौरव बोहरा, जिल्ला सदस्य इन्जिनियर प्रज्ज्वल बोहरा, केन्द्रीय सदस्य स्वाती थापा तथा जिल्ला प्रवक्ता एवं अधिवक्ता दिलीपकुमार मल्लिक रहएका छन्।

पाइलट गौरव र इन्जिनियर प्रज्ज्वल स्वर्गीय दीपक बोहराका छोरा हुन्।

राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले असार मसान्तसम्म सम्भावित उम्मेदवारको नाम पठाउन जिल्ला कार्य समितिलाई निर्देशन दिएको थियो।

विसं २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा रुपन्देही–३ मा राप्रपाका दीपक बोहरा निर्वाचित भएका थिए। त्यतिखेर राप्रपालाई एमालेले सघाएको थियो। गत चैतमा उनको निधन भएपछि निर्वाचन आयोगले आगामी कात्तिक १७ गतेका लागि उपनिर्वाचन तोकेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad