नेपाली कांग्रेसका सांसद हृदयराम थानीले अख्तियारसम्बन्धी विधेयक कोमामा रहेको भन्दै आपत्ति जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले संसद् र समितिमा रहेका अख्तियार, निजामती विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको उल्लेख गरे।
‘आजभोलि संसद् र समितिमा रहेका अख्तियार, निजामती विधेयक, शिक्षा विधेयक र भूमि विधेयकको व्यापक चर्चा भइरहेको छ,’ थानीले भने, ‘म पनि के आग्रह गर्न चाहन्छु भने कानून निर्माण प्रक्रियालाई हल्का ढंगले लिँदा हाम्रा प्रवृत्तिले गर्दा आज नागरिकहरुले हामीलाई प्रश्न गरिरहेका छन्। भ्रष्टाचारको कुरा आज सदनमा व्यापक उठिरहेको छ। एउटा उपसमितिले धेरै मेहनत गरेर भ्रष्टाचार र अख्तियारको विधेयक तयार गरेको हो। तर भ्रष्टाचारको विधेयक समितिबाट छलफल हुँदाहुँदै चैत्र ३ गते राष्ट्रपतिबाट प्रमाणीकरण भयो। अख्तियारको विधेयक ६ महिनादेखि समितिमा थन्किएर बसिरहेको छ। मेरो भाषमा अख्तियारको विधेयक अहिले पनि कोमामा छ।’
Shares

प्रतिक्रिया