नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको बताएका छन्।
साताव्यापी चीने भ्रमण पूरा गरी आज अपराह्न स्वदेश फर्किएका उनले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)ले नेपालको सामाजिक-आर्थिक विकासलाई केन्द्रमा राखेर सहयोग गर्दै आएको र त्यसलाई निन्तरता दिने प्रतिबद्धता जनाएको बताए।
सिपिसीको निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी उहाँले सिपिसीका नेताले नेपाललाई विकास सहायता प्रदान गर्नेतर्फ आफूहरु सधैँ सकारात्मक रहेको बताएका जानकारी दिए।
नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्ष पुगेको सन्दर्भमा नेता खनाल चीन भ्रमणमा गएका हुन्। बेइजिङमा रहँदा उनले सिपिसीका विदेश विभाग प्रमुख लिउ जियानचाओलगायत नेताहरूसँग भेटवार्ता गरेका थिए।
Shares

प्रतिक्रिया